Rule 32
नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकैकुरा लेखिएको भए तापनि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगले ऐनको दफा ३ को अधिनमा रही तोकिदिएको समयमा प्रमुख नाम दर्ता अधिकारीको कार्यालय वा आयोगलेतोकिदिएको अन्य स्थानवाट ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको व्यक्तिको नाम तथाविवरण सङ्कलन हुन सक्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपनियम (१) वमोजिम विवरण सङ्कलन गर्ने व्यवस्था भएकोमा ऐन बमोजिम मतदाता हुन योग्य व्यक्तिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडाको मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न वा मतदाता नामावलीमा रहेको नाम हटाउन वा सार्न वा त्रुटि सच्याउनको लागि त्यस्तो कार्यालय वा स्थानमा प्रमुख नाम दर्ता अधिकारी वा निजले खटाएको कर्मचारी समक्ष सम्बन्धित अनुसूची बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त प्राप्त भएमा प्रमुख नाम दर्ता अधिकारीले ऐन र यस नियमावलीको प्रक्रिया पूरा गरी मतदाता नामावलीमा नाम समावेश हुने, हट्ने वा सार्ने वा त्रुटि सच्चिने व्यक्तिको विवरण तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गरी त्यस्तो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडामा टाँस गर्न लगाउनु पर्नेछ ।